धनगढी,९,मंशिर

निर्वाचन सम्म कैलाली र कंचनपुरका नेपाल भारत सीमामा दुवै देशका सुरक्षाकर्मीले कडा सुरक्षा गर्ने भएका छन । "/>

निर्वाचनको समयमा नेपाल भारत सीमामा कडा निगरानी

निर्वाचनको समयमा नेपाल भारत सीमामा कडा निगरानी

केन्द्रबिन्दु
0
Shares

धनगढी,९,मंशिर

निर्वाचन सम्म कैलाली र कंचनपुरका नेपाल भारत सीमामा दुवै देशका सुरक्षाकर्मीले कडा सुरक्षा गर्ने भएका छन । दुवै देशका सुरक्षा अधिकारीको बिहीवार भारतको पलियामा वसेको संयुक्त बैठकले अहिले देखि निर्वाचन सम्पन्न नहुन्जेल सम्म संयुक्त रुपमा सुरक्षा गर्ने निर्णय गरेका हुन् । ‘अहिले देखि निर्वाचन सम्म सीमा नाका प्रयोग गरेर हुने अपराधिक गतिविधी नियन्त्रण तथा गलत व्यक्तीको ओहोरदोहोरमा रोक लगाउन दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा कडा सुरक्षा गर्ने निर्णय गरेका छौं’ दुई देशका काउण्टर पार्ट बैठकमा सहभागी कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने। नेपालका शसस्त्र प्रहरी र भारतको एस एस वी सम्मिलित संयुक्त सुरक्षा गस्ती निर्वाचन सम्म नियमित गर्ने निर्णय गरिएको उनले बताए। यसैगरी संकाशपद व्यक्ती माथी निगरानी राख्ने, एक अर्कामा सूचना आदानप्रदान गर्ने निर्णय गरिएको उनको भनाई छ।

दोश्रो चरण अन्तरगत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै कैलाली र कञ्चनपुरका नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने सहमति पनि बैठकमा भएको छ । बैठकमा दोस्रो चरणमा कैलाली र कञ्चनपुर लगायतका जिल्लामा मंसिर २१ मा हुन गईरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको सुरक्षालाई लिएर विशेष छलफल भएको प्रजिअ रिजालले बताए ।
नागरिकबाट

Logo