संखुवासभा ,९,मंशिर
जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका २ थुदाममा मतदान अधिकृत गोपाल थापा सहितको सात जना कर्मचारी र दुई जना स्वयंसेवक गाउँ पुगे तर मतदाता भने पुगेका छैनन्। करिब ३ हजार मिटर उचाइमा रहेको दूधपोखरी आधारभूत विद्यालय थुदाममा मतदान केन्द्र छ । जहाँ ४४ जना मात्र मतदाता छन् । चिसो छल्न सुगम क्षेत्रतिर झरेका मतदाता गाउँ नफर्केको वडाध्यक्ष तेन्छेवी शेर्पा बताउँछन्। दुर्गम तथा उच्च क्षेत्र भएको र हिमपात सुरु भएसँगै सुगम झरेका मतदाता गाउँ नफर्किएको वडाध्यक्ष शेर्पाले बताए । यस अघिका निर्वाचनमा खसेको मतलाई आधार मान्दा कुल मतदाता मध्ये आधा भन्दा कम निर्वाचनमा सहभागी भएको देखिन्छ। अहिले पनि गाउँमा कुल मतदाताको झन्डै आधा मात्र छन्। स्थानीय तह निर्वाचनमा ४४ मतदाता मध्ये १६ जनाले मात्र मतदान गरेका थिए । ०७० को संविधानसभा निर्वाचनमा पनि ३१ मतदाता रहेकोमा १३ मत मात्र खसेको थियो। जिल्लामा १०३ मतदान स्थल र १५३ मतदान केन्द्र छन । सबै मतदान स्थलमा कर्मचारी सहित मतदान सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताए । जिल्लामा निर्वाचनका लागि एक हजार २३३ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अन्नपूर्णबाट































प्रतिक्रिया