काठमाडौँ, ९, मंसिर
पहिलो चरणको निर्वाचनका लागि उपत्यकाबाट मतदान गर्नका लागि सर्वसाधारण बाहिरिने क्रम बढेको छ । भोली हुन लागेको निर्वाचनमा मतदान गर्नका लागि मंगलबार देखि उपत्यकाबाट सर्वसाधारण बाहिर जाने क्रम बढेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए । उनका अनुसार दैनिक करिब ६० देखि ७० हजार सर्वसाधारण बाहिरिनेमा अहिले त्यो सङ्ख्या बढेर करिब ७४ देखि ८० हजार सम्म पुगेको छ । “अहिले दैनिक १५ हजारको सङ्ख्यामा थप मानिस उपत्यकाका बाहिने गरेका छन्”, उनले भने, “निर्वाचन हुने जिल्लाका मानिस बढी बाहिरिने गरेका छन् ।” उनका अनुसार शुक्रबार मात्र करिब ७९ हजार सर्वसाधारण बाहिरिएका छन् ।
प्रवक्ता रञ्जितकारले हिजो बन्द भन्ने हल्लाले कम बाहिरिए पनि साँझमा बाहिरिनेहरु बढेका थिए । सर्वसाधारण मतदान गर्नका लागि थानकोट, कोटेश्वर र बल्खु हुँदै बाहिरिने गरेका छन् । आइतबार पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । उपत्यकाबाट नजिकका जिल्ला धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाञ्चोक, दोलखा लगायतका जिल्ला रहेकाले आज सम्म सर्वसधारण मतदान गर्न जानेछन् ।
रासस





























प्रतिक्रिया