मकवानपुर ,८, मंशिर
भुकम्प गएको करिब दुई वर्ष पछि जसोतसो घर पुनर्निर्माणमा लागेका मकवानपर थाहानगर स्थित बज्रबाराहीका पीडित थप मर्कामा परेका छन् । "/>

कामदार अभावका कारण मकवानपुरका भुकम्पपीडित मर्कामा

कामदार अभावका कारण मकवानपुरका भुकम्पपीडित मर्कामा

केन्द्रबिन्दु
0
Shares

मकवानपुर ,८, मंशिर
भुकम्प गएको करिब दुई वर्ष पछि जसोतसो घर पुनर्निर्माणमा लागेका मकवानपर थाहानगर स्थित बज्रबाराहीका पीडित थप मर्कामा परेका छन् । स्थानीय बैंक तथा सहकारीले पर्याप्त ऋण दिन नसक्नु र बजारमा श्रमिक र निर्माण सामग्री अभाव भएपछि उनीहरु हायल कायल भएका हुन् । मंसिर भित्र घरको जग हालि सक्नु पर्ने सरकारी कडाइका कारण पुनर्निर्माणमा तीव्रता आएको थाहानगर–६ का अध्यक्ष शशिधर सुबेदी बताउँछन् । तोकिएको समयावधि भित्र घर निर्माण नभए थप किस्ता नआउने र स्थानीय वडाबाट प्रदान गरिने सुविधा रोक्ने बताइएपछि स्थानीय बाध्यतावश घर निर्माणमा जुटेका हुन् । तर पर्याप्त रकम, श्रमिक र निर्माण सामग्री अभावमा कतिपयले काम समेत सुरु गर्न सकेका छैनन् । कतिपयले भने महंगो ब्याजदरमा ऋण लिएर काम सुरु गरेका छन् ।

बज्रबाराहीमा रहेको एकमात्र बैंक अल्पाइन बैंकले ऋण दिन रोकेको छ । सेञ्चुरी बैंकसँग मर्ज भएपछि बैंकले केही समय देखि ऋण रोक्का गर्दै आएको बैंकका मेनेजर राधाकृष्ण लामिछानेले बताए । साना किसान बैंकले बढीमा ५ लाख सम्म मात्र ऋण दिँदै आएको छ । उक्त बैंकले आफ्ना सदस्यहरुलाई मात्र प्राथमिकता साथ ऋण दिने गरेको स्थानीयको गुनासो छ । रकम मात्र होइन, स्थानीयस्तरमा निर्माण सामग्री र श्रमिक अभाव छ । पर्याप्त निर्माण सामग्री नहुँदा स्थानीयले जस्तो पायो त्यस्तै सामग्री प्रयोग गरेर घर बनाउन बाध्य छन् । ईंटा, रोडा, ढुंगा, गिट्टी, छड र सिमेन्ट लगायत निर्माण सामग्रीका ब्यापारीहरु स्थानीयको माग धान्न गाह्रो परेको बताउँछन् ।
नेपाल समाचारपत्रबाट

Logo