काठमाडौं,७,मंशिर
शिक्षा विभागले पहिलो र दोस्रो चरणको निर्वाचनको समयमा ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पहिलो चरणको निर्वाचन हुने जिल्लामा मंसिर ७ देखि १० र दोस्रो चरणको निर्वाचन हुने जिल्लामा मंसिर १८ देखि २१ गते सम्म बिदा दिने निर्णय गरेको हो। शिक्षा विभागले सबै क्षेत्रीय कार्यालयमा पत्राचार गरी बिदा दिने निर्णय गरेको हो। शिक्षा विभागले मंसिर ४ गते निर्णय गरी संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिन पत्राचार गरेको हो । विभागले हिउँदे वा वर्षे बिदाबाट समायोजन गर्ने गरी विद्यालय बन्द गर्न निर्णय गरेको हो। कतिपय विद्यालयमा मतदान केन्द्र पर्ने र सरकारी विद्यालयका शिक्षकहरू मतदानमा खटिनु पर्ने भएकाले विभागले चार दिन बिदा दिने निर्णय गरेको हो।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया