एनबिआई र पञ्जाब नेशनल बैंकबीच सम्झौता

एनबिआई र पञ्जाब नेशनल बैंकबीच सम्झौता


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ६ मंसिर ।

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबिआई) र पञ्जाब नेशनल बैंक इन्ष्टिच्युट अफ इन्फर्मेशन टेक्नोलोजी बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार, एनबिआईले नेपाली बैकिङ्ग क्षेत्रलाई आवश्यक हुने बैकिङ्ग प्रविधि, साइबर सेक्युरिटी, डिजिटाइजेसन तथा यस्ता अन्य तालिमहरु सो पीएनबी आइआइटीबाट उपलब्ध गराउन सक्नेछ ।

सम्झौतामा पीएनबी आइआइटीका निर्देशक दिभ्याङ् रस्तोगी र एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले हस्ताक्षर गरे ।

भारतको लखनऊस्थित सो इन्ष्टिच्युट, बैंकिङ्ग सम्बन्धी सूचना तथा प्रविधि अन्तरगतका विभिन्न तालिमहरु प्रदान गर्ने एक अग्रणी संस्था हो ।

 

Logo