काठमाडौं ,६,मंशिर
निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्र मध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ। "/>

उपत्यकाका १५ निर्वाचन क्षेत्र मध्ये ६ वटा निर्वाचन क्षेत्र जोखिममा

उपत्यकाका १५ निर्वाचन क्षेत्र मध्ये ६ वटा निर्वाचन क्षेत्र जोखिममा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,६,मंशिर
निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्र मध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ। निर्वाचन बिथोल्न खोज्ने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि सक्रिय हुन सक्ने आधार, घनाबस्ती र छिमेकी जिल्लाको सुरक्षा अवस्था आधारमा महानगरीय प्रहरी कार्यालयले ६ वटा निर्वाचन क्षेत्र जोखिममा रहेको आँकलन गरी सुरक्षाकर्मी परिचालन र अन्य सक्रियता बढाएको छ । महानगरी प्रहरी आयुक्त कार्यालयबाट प्राप्त जानकारी अनुसार काठमाडौंका १० वटा निर्वाचन क्षेत्र मध्ये १०, ७, ६, ३ र २ तथा ललितपुरका ३ मध्ये निर्वाचन क्षेत्र १ मा अन्य क्षेत्रको तुलनामा सुरक्षा चुनौती बढ्न सक्ने निष्कर्ष निकाल्दै सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

सिन्धुपाल्चोकसँग सीमा जोडिएकाले काठमाडौंका निर्वाचन क्षेत्र २ र ३ लाई प्रहरीले सुरक्षा दृष्टिकोणले जोखिम क्षेत्रमा राखेको हो । यी दुई निर्वाचन क्षेत्र सिन्धुपाल्चोकको भोटेचौर र हैबुङसँग जोडिन्छन् । नुवाकोट र धादिङसँग सीमा जोडिएका निर्वाचन क्षेत्र नम्बर ६ र ७ तथा मकवानपुरसँग जोडिएको क्षेत्र नम्बर १० लाई समेत प्रहरीले सुरक्षा दृष्टिकोणले संवेदनशील सूचीमा राखेको छ । मकवानपुरसँग सीमा जोडिएको ललितपुरको क्षेत्र नम्बर १ मा विप्लव समूहको सक्रियता रहेको भन्दै प्रहरीले जोखिम सूचीमा राखेर सोही अनुसार सुरक्षा सतर्कता र परिचालन बढाएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo