काठमाडौं ,६,मंशिर
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचार संहिता उल्लंघनका घटनाहरू बढेको पाइएको छ। "/>

आचार संहिता उल्लंघनका २ हजार उजुरी

आचार संहिता उल्लंघनका २ हजार उजुरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,६,मंशिर
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचार संहिता उल्लंघनका घटनाहरू बढेको पाइएको छ। निर्वाचन आचार संहिता लागू भए यता आचार संहिता उल्लंघन भएको भन्दै अहिले सम्म २ हजार हाराहारीमा निर्वाचन आयोगमा उजुरी परेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उजुरी परेका विषयको प्रकृति हेर्दा अधिकांश सरकारले नै आचार संहिता उल्लंघन गरेको आरोप लगाइएको छ।

अधिकांश उजुरी निर्वाचन आचार संहिता मिचेर सरकारले सरुवा गरेको, कर्मचारीको विदेश भ्रमण, राज्यको स्रोत र साधन बाँडेको जस्ता घटनाका उजुरीहरू अत्याधिक परेका छन् । ‘यस घटनाबारे आयोगले छानविन गरी उजुरीहरूलाई किनारा लगाइसकेको छ’ –प्रवक्ता ढकालले भने । घटनाको छानविन गरी कतिलाई स्पष्टीकरण सोधिएको, कसैलाई सचेत गराइएको पनि प्रवक्ता ढकालले जानकारी दिए । यसपटक आयोगले आचार संहिता विपरीत भने पनि प्रधानमन्त्री शेरबहादुर देउवाले पटक–पटक मन्त्रिमण्डल विस्तार गर्नु भएको तथा जिल्लाका प्रहरी प्रमुखको सरुवा गर्नु भएको थियो। ‘संवैधानिक निकायको हैसियतले आचार संहिता पालना गराउन आयोग दह्रो भएर उभिनु पथ्र्यो। तर व्यवहारमा यसो भएको पाइँदैन’ –पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले भने । आयोगले विशेषतः सरकारलाई आचार संहिता पालना गराउन सशक्त भूमिका निर्वाह नगर्दा संवैधानिक हैसियतको आयोग सरकारको लाचार छायाँ जस्तो देखिएको पनि उनको भनाइ छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo