बैतडी, ५, मंसिर
बुबाको किरियामा बसेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । "/>

बुबाको किरियामा बसेका विप्लवका बैतडी जिल्ला इञ्चार्ज पक्राउ

बुबाको किरियामा बसेका विप्लवका बैतडी जिल्ला इञ्चार्ज पक्राउ

केन्द्रबिन्दु
0
Shares

बैतडी, ५, मंसिर
बुबाको किरियामा बसेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

बुबाको निधनमा किरिया बसेका जोशीलाई ११ औँ दिनमा प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएपछि परिवारले आपत्ति जनाएका छन् । कुनै नराम्रो गतिविधिमा संलग्न नरहेका जोशीलाई घरबाटै पक्राउ गरेको उनका भाइ अनिरुद्र जोशीले जानकारी दिए तर प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद व्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ । प्रहरीले यसअघि पनि बैतडीमा विप्लव समूहका ६ जना नेता कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो ।
रासस

Skip This
Skip This
Logo