काठमाडौं, ५, मंशिर
भूकम्पले क्षतिग्रस्त विद्यालय पुननिर्माणका लागि अझै ७८ अर्ब रुपैयाँ बराबरको आर्थिक स्रोत सुनिश्चित हुन सकेको छैन । समयमै विद्यालय पुननिर्माण हुन नसक्दा ३१ जिल्लाका लाखौं विद्यार्थीले सिकाईको आधारभूत पद्धतिबाट समेत बन्चित हुनु परेको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ३ हजार विद्यालयहरूका कक्षाकोठा अझै अस्थायी सिकाइ केन्द्र (टिएलसी) मै सञ्चालन भइरहेका छन् । समयमै स्रोत पहिचान गर्न नसक्दा सरकारले दिगो विकासको आधार मानेको शैक्षिक क्षेत्र भित्र पर्ने ३ हजार भन्दा बढी विद्यालय पुनर्निर्माण अनिश्चित बनेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले ०७३ असारमा सार्वजनिक गरेको ‘पोष्ट डिजास्टर रिकभरी फ्रेमवर्क’अनुसार देशभरका भूकम्प प्रभावित सबै विद्यालय पुनर्निर्माण गर्न १ खर्ब ६७ अर्ब लाग्ने अनुमान थियो । यस मध्ये ८० अर्ब रुपैयाको स्रोत जुटिसकेको भूकम्प प्रभावित विद्यालय पुनर्निर्माणका लागि गठन गरिएको शिक्षा मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका निर्देशक इमनारायण श्रेष्ठले बताए । “विद्यालय पुनर्निर्माणका लागि अपुग देखिएको ७८ अर्ब बजेट आउने सम्भावना भएमात्र ३ वर्षभित्र सबै विद्यालय निर्माण गर्ने लक्ष्य पूरा हुनेछ,” उनले भने। भूकम्पले क्षति भएका देशभरका लगभग ७ हजार ९ सय २३ विद्यालय मध्ये हाल पहिचान भएको स्रोत अनुसार चालू आर्थिक वर्षभित्र दुईतिहाई अर्थात लगभग ५ हजार विद्यालय पुननिर्माण गर्न सकिन्छ ।”
कारोबारबाट





























प्रतिक्रिया