काठमाडौं, ५, मंशिर
निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटाउने कर्मचारीको सूची तय गरेको छ । "/>

मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी रहने

मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी रहने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५, मंशिर
निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटाउने कर्मचारीको सूची तय गरेको छ । २ सय ५० मतदाता भएको मतदान केन्द्रमा नौ जना कर्मचारी खटाइनेछ । २ सय ५१ देखि ५ सय सम्म मतदाता भए १० जना र ५ सय भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा १२ जना कर्मचारी खटाइने आयोगले जनाएको छ ।

हरेक मतदान केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत रहनेछन् । २ सय ५० मतदाता भएको मतदान केन्द्रमा तीन जना सहायक कर्मचारी, दुई जना सहयोगी कर्मचारी र दुई जना स्वयंसेवक रहनेछन् । सहायक कर्मचारीको काम मतदान नामावली रुजु गर्ने र मतदातालाई मतपत्र दिने रहेको छ । स्वयंसेवकले भने , मतदान गरेको मतदाताको तथ्यांक राख्ने र नङमा मसी लगाउने काम गर्ने ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७४’ को दफा ९ मा उल्लेख छ । ५ सय मतदाता रहेको मतदान केन्द्रमा चार जना सहायक कर्मचारी, दुई जना सहयोगी कर्मचारी र तीन जना स्वयंसेवक राखिनेछ । ५ सय भन्दा बढी भएको मतदान केन्द्रमा चार जना सहायक कर्मचारी, दुई जना सहयोगी कर्मचारी र चार जना स्वयंसेवक राखिने निर्देशिकामा उल्लेख छ । तर उल्लिखित संख्याका कर्मचारी नपुग भएमा नपुग बराबरका कर्मचारी सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतले बढीमा तीन दिनका लागि स्वयंसेवक नियुक्ति गर्न सक्नेछन् ।
राजधानीबाट

Skip This
Skip This
Logo