काठमाडौं, ५, मंशिर
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मूल्य वृद्धिदर सामान्य रूपमा मात्रै वृद्धि भएको छ । यस अवधिमा समग्र मुद्रास्फीति (मूल्यवृद्धि) ३.१ प्रतिशत मात्रै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिका अनुसार असोज ०७३ मा मुद्रास्फीति ६.७ प्रतिशत थियो । तरकारी तथा फलफूल जस्ता शीघ्र नाशवान् वस्तुहरूको मूल्यमा उतार–चढाव हुँदाहुँदै पनि मूल्यवृद्धि सामान्य मात्रै रहेको राष्ट्र बैंकले जनाएको छ ।
कात्तिक महिनामा बजारमा तरकारीको मूल्य अत्याधिक भएको छ । तर गत वर्षको तुलनामा असोज महिनामा तरकारीको मूल्य ५.१ प्रतिशतले कमी आएको राष्ट्र बैंकको तथ्यांक छ । त्यस्तै वर्षको तुलनामा दलहन तथा गेडागुडीको मूल्यमा २२.९ प्रतिशत, मसलाको मूल्यमा ५.७ प्रतिशत र फलफूलको मूल्य ३.७ प्रतिशतले घटेको राष्ट्रबैंकको तथ्यांक छ । असोज महिनामा भारतमा ३.६ प्रतिशत मूल्यवृद्धि रहेकोमा नेपालमा त्यहाँको तुलनामा ० दशमलव ५ प्रतिशत बिन्दुले मूल्यवृद्धि कम रहेको छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया