काठमाडौं, ५, मंशिर
संयुक्त राज्य अमेरिकाले प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवार माथि भइरहेका आक्रमण प्रति चिन्ता व्यक्त गरेको छ। नेपाल स्थित अमेरिकी दूतावासले सोमबार प्रेस विज्ञप्ति मार्फत हिंसाद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने कार्यको निन्दा समेत गरेको छ। स्थानीय तहका तीनवटै चरणका निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न भएपछिको अवस्थामा अहिले उम्मेदवार माथि भइरहेका आक्रमण प्रति संयुक्त राज्य अमेरिका चिन्तित छ। हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने कुनै पनि प्रयासको निन्दा गर्दछ, विज्ञप्तिमा भनिएको छ।
अमेरिकाले आसन्न निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया कायम गर्न र अपनाउन आग्रह गरेको छ । हिंसा वा हानीको त्रासबिना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिक हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको मुख्य सिद्धान्त हो, विज्ञप्तिमा भनिएको छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया