काठमाडौं,४,मंशिर
निर्वाचन आयोगले करोडौं रुपियाँ खर्च गरे पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको पाइएको छ। मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले कात्तिक २५ गते मतदाता कार्यक्रम सञ्चालन गरेको थियो । "/>

मतदाता शिक्षा प्रभावहीन हुँदा बदर मतको संख्या बढ्ने

मतदाता शिक्षा प्रभावहीन हुँदा बदर मतको संख्या बढ्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,४,मंशिर
निर्वाचन आयोगले करोडौं रुपियाँ खर्च गरे पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको पाइएको छ। मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले कात्तिक २५ गते मतदाता कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लास्थित सदरमुकाममा मतदाता शिक्षा सम्बन्धी एकाध कार्यक्रम गरिए पनि जनता माझ अहिले सम्म मतदाता शिक्षा पुग्न सकिरहेको छैन । मंसिर १० गतेको निर्वाचन नजिकिँदै गर्दा विकट पहाडी र हिमाली भेगमा मात्र नभई जिल्लाको सदरमुकाम र त्यस नजिकको गाउँमा समेत मतदाता शिक्षा पुग्न नसकेको विवरण निर्वाचन पर्यवेक्षक संस्थाहरूलाई प्राप्त भएको बताइएको छ।

मतदाता शिक्षा खाली औपचारिकतामा मात्र सीमित भएको जिल्लाहरूबाट सूचना प्राप्त भइरहेको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का महासचिव भवानीप्रसाद खरेलले जानकारी दिए । विकट पहाडी भेगमा मात्र नभई शहर बजारका मतदाता सम्म पनि मतदाता शिक्षा पुग्न नसकेको स्थिति छ। ‘यसपटक कति ठाउँमा स्वस्तिक छाप लगाउने , मतपत्र कति छन् , भन्ने विषयमा अन्योल रहेको छ’, ललितपुर ठेचो निवासी विकास माली भन्छन्– ‘यो कुरो त आयोगले टोल–टोलमा कार्यक्रम राखेर जानकारी दिनुपर्ने होइन र ? ’
नेपाल समाचारपत्रबाट

Logo