काठमाडौं,४,मंशिर
मुलुकले २० अर्ब ४५ करोड रुपियाँ बराबरको निर्यात गर्दा इन्धन तथा पेट्रोलियम पदार्थको आयात भने ३२ अर्ब ३० करोड रुपियाँ रहेको छ। "/>

चालु आर्थिकवर्षको ३ महिनामा ३२ अर्ब ३० करोड रुपियाँको इन्धन आयात

चालु आर्थिकवर्षको ३ महिनामा ३२ अर्ब ३० करोड रुपियाँको इन्धन आयात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,४,मंशिर
मुलुकले २० अर्ब ४५ करोड रुपियाँ बराबरको निर्यात गर्दा इन्धन तथा पेट्रोलियम पदार्थको आयात भने ३२ अर्ब ३० करोड रुपियाँ रहेको छ। तीन महिनामा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरू मुख्य रहेका छन्। त्यस्तै हस्तकलाका सामानहरू, चाउचाउ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिबुटी आदि वस्तुको पनि निर्यात भएको छ।

आयातित वस्तुमा फलाम तथा स्टील र तिनका उत्पादनको आयातमा झण्डै दोब्बरले वृद्धि भएको देखिन्छ। नेपालको आयातको प्रमुख स्रोत मध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, मेसिनरी तथा पार्टपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ। यसै गरी नेपालको आयात व्यापारमा दोस्रो स्थानमा रहेको चीनतर्फबाट हुने आयातमा दूरसञ्चारका सामग्री, विद्युतीय उपकरण, मेसिनरी तथा पार्टपुर्जा, स्याउ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन्। अर्को प्रमख आयातको स्रोत मुलुक युएईबाट भने सुन, चाँदी, प्लास्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेट आयात भएको पाइन्छ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo