काठमाडौं,४,मंशिर

चुनावी प्रचारप्रसारका लागि गृह जिल्ला पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाको हेलिकोप्टर चडेर चुनावी सभालाई सम्बोधन गरेका छन् । "/>

प्रधनामन्त्री देउवा सेनाको हेलिकोप्टरबाट चुनावी सभामा

प्रधनामन्त्री देउवा सेनाको हेलिकोप्टरबाट चुनावी सभामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,४,मंशिर

चुनावी प्रचारप्रसारका लागि गृह जिल्ला पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाको हेलिकोप्टर चडेर चुनावी सभालाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री देउवाले हिजो चार वटा गाउँपालिकाका चुनावी सभालाई सम्बोधन गरेका हुन् । उनले डडेल्धुरा जिल्लाको ठूलो जनसंख्या रहेको परशुराम नगरपालिकाको लालढुङ्गा, आलिताल गाउँपालिकको घरेलु, भागेश्वर गाउँपालिकको रुपाल र अजयमेरु गाउँपालिकाको चमडामा चुनावी आमसभालाई सम्बोधन गरेको नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ले जानकारी दिए । भौगोलीक बिकट भएकाले प्रधानमन्त्री देउवाले सेनाको हेलिकोप् टर प्रयोग गरेर चुनावी सभा कार्यक्रममा पुगेका थिए ।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य र केन्द्रीय सदस्य तथा समानुपातिक प्रतिनिधिसभा सभासदका उम्मेदबार सहित ५ सय कार्यकर्ता कांग्रेसमा प्रवेश भएका छन् । चुनावी सभामा डडेल्धुरा जिल्लाका भित्री मदेश क्षेत्रमा चर्चित मानिने माओवादी केन्द्रका पोलेटव्यूरो सदस्य तथा डडेल्धुराबाट प्रतिनिधिसभा समानुपातिक सभासदका उम्मेदबार समेत रहेका जगत पार्की र माओवादी केन्द्रका पूर्वजिल्ला अध्यक्ष एवंम् बहालबाला केन्द्रीय सदस्य जनक कलौनी लगायत ५ सय जना माओवादी केन्द्र परित्याग गरी कांग्रेसमा प्रवेश गरेका कांग्रेस डडेल्धुरा सभापति मल्ले बताए ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo