बागलुङ ,३, मंशिर
जिल्लाको पश्चिमी क्षेत्र निसीखोला गाउँपालिकामा मतदाता शिक्षा सिकाउन गएका चार जना महिलाहरुलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएर चुनाव प्रचारका लागि प्रयोग गरिने पोस्टर च्यातेर नष्ट गरेका छन् । शनिबार निसीखोला – ३ को याङम्याङ र वडा नं ४ मा नमुना मतपत्र र पोस्टर लिएर मतदातालाई सिकाउन हिँडेका चारजना महिला मतदाता शिक्षा कर्मचारीलाई याङम्याङको जंगलमा घेराहालेका थिए ।
उनीहहरुले नमुना मतपत्र र पोस्टर जबरजस्ती खोसेर च्यातेको र आगामी दिनमा निर्वाचनको कार्यमा खटिएको पाइए जस्तो सुकै कारबाही गर्ने धम्की दिएको वडा नं ३ की मतदाता शिक्षा कर्मचारी निरमाया शाहीले बताइन् । चार जनाको समहुमा आएका उनीहरुले झोला, परिचय पत्र, पोस्टर र नमुना मतपत्र जलाउने प्रयास गरेका थिए । तर उनीहरुसँग प्रज्वलनशील पर्दाथ नभएका कारण झोला र परिचयपत्र जोगाउन सफल भएको शाहीले जानकारी दिइन् ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया