काठमाडौं,३, मंशिर
कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम विष्फोट भएको प्रति आपत्ति जनाएको छ। पौडेललाई लक्षित गरी शनिबार दिउँसो तनहुँको भानु नगरपालिका १० स्थित नेपालडाँडा नजिक प्रेसर कुकर बम प्रहार गरेको भन्दै कांग्रेसले विज्ञप्ति मार्फत् आपत्ति जनाएको हो । "/>

बम पड्काउनेलाई कडा कारबाही गर्न सरकारसँग कांग्रेसको माग

बम पड्काउनेलाई कडा कारबाही गर्न सरकारसँग कांग्रेसको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, मंशिर
कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम विष्फोट भएको प्रति आपत्ति जनाएको छ। पौडेललाई लक्षित गरी शनिबार दिउँसो तनहुँको भानु नगरपालिका १० स्थित नेपालडाँडा नजिक प्रेसर कुकर बम प्रहार गरेको भन्दै कांग्रेसले विज्ञप्ति मार्फत् आपत्ति जनाएको हो । तनहुँ क्षेत्र १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेल गोरखाको पालुङ्गटारको चुनावी सभालाई सम्बोधन गरी लम्जुङको वेशीशहरको आमसभालाई सम्बोधन गर्न जाने क्रममा पौडेल चढेको गाडीमा बम विष्फोट भएको थियो । दिउँसो ३ १५ बजे भएको विष्फोटले पौडेलको गाडीमा क्षति पुगेको छ । विष्फोटमा नेता पौडेलका सुरक्षाकर्मी घाइते भएका छन् ।

‘नेपाली कांग्रेस र लोकतन्त्र प्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानु दिन नेपाली कांग्रेसका नेतालाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेका सुनियोजित समूहले बारम्बार यस प्रकारका आक्रमण गर्नु अत्यन्त दुःखद विषय हो’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै समूहले यस्ता आपराधिक घटना घटाएको भएता पनि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, नेपाली कांग्रेसलाई अगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित हुने छैनन् ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo