यो बाख्रोको मृत्युमा किन यति धेरै मान्छे रोए ?

यो बाख्रोको मृत्युमा किन यति धेरै मान्छे रोए ?

केन्द्रबिन्दु
0
Shares

सिड्नी, २ मंसिर । हामी खसी, बोका काट्छौ । मौका परे बाख्री पनि काट्छौ । र, कसौडीमा पक्कु बनाएर बडो स्वाद लिएर खान्छौ ।

यस्तो अवस्थामा कुनै बाख्रोको मृत्यु भयो भने हामी त्यसप्रति कस्तो संवेदना प्रकट गर्छौ ?

सायदै हामीसँग यसको जबाफ छ ? तर, एउटा बाख्रो जसको मृत्युमा विश्वका लाखौ मानिस रोए । किन मासु खान नपाएर ?

होइन, उक्त बाख्रोप्रतिको मायाले । अष्ट्रेलिया भएको गैरी नामको बाख्राको मृत्युपछि इन्टरनेटमा करिब तीस हजारले शोक सन्देश लेखे । गैरी कुनै सामान्य बाख्रो पनि थिएन । यो सेलिब्रेटी बाख्रो सोसल मिडियामा स्टार थियो ।

गौरीको मृत्यु ट्युमरको कारण भयो । त्यसको उपचार लामो समयदेखि चल्दै थियो । तर, खास सुधार भएन । गैरीको मालिकले १७ लाख फलोअर्सलाई यसबारे जानकारी गराएका थिए ।

खासमा यो बाख्रो त्यसबेला चर्चामा आयो, जतिबेला यसमाथि हजारौं रुपैयाँ जरिवाना तोकियो । किनभने त्यसले सिड्नी म्युजियम बाहिरको फूल खाएको थियो । यस मुद्दा जितेपछि उक्त बाख्रोलाई एक कमेडी ट्राभलिङ कमेडी एक्टमा काम गर्ने मौका मिल्यो र त्यसबाट चर्चा पनि । कतिपय फ्यानले त आफ्नो शरीरमा गैरीको ट्याटु समेत खोपाए ।

गैरीको मृत्युको खबर जसरी इन्टरनेटमा फैलियो, तीस हजार बढीले कमेन्ट गरेर शोक व्यक्त गरे । गैरीको करीव १७ लाख फलोअर्स उनको मृत्युले दुखी छन् । एजेन्सी

Logo