मनाङ, २, मंसिर

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा हिमालपारिको जिल्ला मनाङमा पनि राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । "/>

मनाङमा पनि चुनावी चहलपहल बढ्यो

मनाङमा पनि चुनावी चहलपहल बढ्यो

केन्द्रबिन्दु
0
Shares

मनाङ, २, मंसिर

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा हिमालपारिको जिल्ला मनाङमा पनि राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । राजनीतिक दलहरु आआफ्नो नारा बोकेर जनाताको घर दैलोमा पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य पूरा गरिसकेको जनाएको छ । मुख्य निर्वाचन अधिकृत दीपक ढकालले मतदाता शिक्षा बाहेक मतदान अधिकृत लगायत निर्वाचनमा खटिएका सबै कर्मचारीलाई तालीम दिइसकेको तथा मंसिर ७ गतेबाट सबै मतदान केन्द्रमा मतदाता संख्याका आधारमा सात देखि नौ जना सम्म कर्मचारी परिचालन गर्ने बताए । निर्वाचन सुरक्षाका लागि जनपथ प्रहरी २१८, सशस्त्र प्रहरी १३०, म्यादी १८८ र १२० जना रिजर्भ फोर्स बाहेक नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । रासस

Skip This
Skip This
Logo