काठमाडौं ,२, मंशिर
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एउटा भोट बराबर करिब पाँच हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये करिब ३ हजार छ सय १३ रुपैयाँ उम्मेद्वार र उनका समर्थकले खर्च गरेका छन् भने प्रतिभोट एक हजार तीन सय नौ रुपैयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ । स्थानीय निर्वाचनमा जम्मा ६९ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
निर्वाचन पर्यवेक्षण समितिका तर्फबाट विज्ञ समूहले करिब ६ महिना लगाएर गरेको अध्ययन अनुसार तीन चरणमा भएको स्थानीय निर्वाचनमा जम्मा १८ अर्ब ४६ करोड रुपैयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ । उम्मेद्वार र उनका समर्थकले गरेको खर्च यो भन्दा झण्डै तीन गुणा बढी छ । उम्मेद्वार र उनका समर्थकहरूले ५० अर्ब ९६ करोड रुपैयाँ खर्च गरेको अध्ययनको निष्कर्ष छ । समितिका परियोजना प्रमुख उज्ज्वल अधिकारीले काठमाडौं, मोरङ, दाङ र जाजरकोट जिल्लालाई नमुनाको रूपमा लिई अध्ययन गरेको बताए ।उम्मेद्वार गर्ने खर्च मध्ये सबै भन्दा बढी ७६ प्रतिशत खर्च चुनावी अभियानमा हुने गरेको छ । उम्मेद्वारले चुनावपछि १३ प्रतिशत, उम्मेद्वार हुनु अघि ८ प्रतिशत र चुनावका दिन तीन प्रतिशत खर्च गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । अध्ययन समूहका ‘टीम लिडर’ अर्थशास्त्री विनोद सिजापतीले उम्मेद्वारले खर्चबारे प्रष्ट बताउन नचाहेका कारण निष्कर्षमा पुग्न निकै मेहनत गर्नुपरेको बताए ।
अन्नपूर्णबाट































प्रतिक्रिया