सिन्धुपाल्चोक ,२, मंशिर
भूकम्प र भोटेकोसीको वितण्डाको अढाइ वर्षपछि गाउँमा चहलपहल छ । उम्मेदवारहरू हुल बाँधेर गाउँ छिरेका छन् । यतिका समय नाक मुख नदेखाएका सबैजसो दलका नेता कार्यकर्ता भन्दै छन्, ‘हामीले जितेपछि तातोपानी नाका खोल्छौं, घरहरू पहिलाकै जस्ता ठडिने छन् ।’ तर जनताले विश्वास गरेका छैनन् । किनकि भूकम्प र बाढीपछि चीन सरकारले यो नाकाको विकल्प खोजेको स्पष्ट पारिसकेको छ । नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार बन्द भएको साँढे दुई वर्ष भयो ।
नाका बन्द भएपछि यहाँबाट विस्थापित भएकाहरू केही समयपछि आफ्नै थातथलोमा आए पनि लगत्तै आएको पहिरोले लार्चा पुल भत्काएपछि अहिले नाकासँगको सडक सम्बन्ध टुटेको छ । तत्कालै बेली ब्रिज जडान गर्ने भनिए पनि अहिले सम्म पुल जडान गर्न सकिएको छैन । नेताहरू गाउँ पुगेर भन्दै छन्, ‘अब हामीले जितेपछि तत्काल जोडिनेछ, बेलीब्रिज ।’ हजारौंको चहलपहल हुने नाका बन्द छ । भूकम्पले घरहरू ध्वस्त भएका छन् । जलविद्युत् आयोजनाहरू मर्मत हुन सकेको छैन । सडक सम्बन्ध टुटेको छ । १० मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दलहरूले यही बन्द भएको तातोपानी नाका सञ्चालन गर्ने प्रमुख एजेन्डा बनाएर मत मागि रहेका छन् ।
‘खै यस पटक नै देखियो, ठूला नेताहरू त,’ निराश भावमा स्थानिय मान बहादुरले भने, ‘नाका नहुँदा हामीलाई समस्या भयो, नाका खोल्न सहयोग गर्नेलाई भोट हाल्ने हो ।’ गाउँमा मत माग्दै पुगेका नेतालाई स्वागत गर्न हातमा माला लिएर बसेकी चमेली थामीले भनिन्, ‘नाका जसले खुलाउँछ, उसलाई दिन्छौं हाम्रो भोट ।’ बस्तीमा चुनावको कुनै रौनक छैन । व्यापारिक चहलपहल हुने यो क्षेत्रमा न अहिले सडक छ न कुनै सवारी साधन नै । बरु जीवन गुजारा गर्न माथिबाट झरेको पहिरोमा आएको ढुंगा संकलन गरी गिट्टी कुटेर दैनिकी चलाउँदै आएका छन् स्थानीयहरु ।
राजधानीबाट































प्रतिक्रिया