पर्वत, २, मंसिर
कुश्मा नगरपालिका–१४ स्थित धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा भएको यात्रु वाहक बस दुर्घटनामा एक जनाको ज्यान गएको छ । पञ्चासेमा सदवीज छर्नका लागि यात्रु लिएर गएको ध १ ख ८७ नं को बस दुर्घटना हुँदा पोखरा लेखनाथ महानगरपालिका मालेपाटनका दीपक गुरुङको मृत्यु भएको हो । बालाचतुर्दशीका अवसरमा पञ्चासेमा सत्बीज छर्न गएका तीर्थयात्री बोकेर आर्थर आउँदै गरेको बस अपराह्न ४ बजे रेसको पाखामा दुर्घटना भएको हो । पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने भञ्ज्याङमा सडकबाट १०० मिटर तल खसेको बसमा सवार ४० यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते मध्ये आठ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइतेको उद्धार गरी उपचारका लागि पोखरा पठाइएको उद्धारमा संलग्न स्थानीयवासी मनोज गुरुङले जानकारी दिए ।
रासस































प्रतिक्रिया