काठमाडौं, १ मंसिर । २८ बर्षिय क्रिस्टिना अमेरिकाको कुनै ठूलो शहरमा बसेर टप कलेजबाट मेनेजमेन्टको पढाई गर्न चाहन्थिन् । तर, लाखौ रुपैयाँ पढाई शुल्क तिर्न उनीसँग आयस्रोत थिएन । जगेडा पैसा पनि थिएन । तर, उनले यस्तो बाटो रोजिन्, जसबाट उनले लाखौ रुपैयाँ हात पारिन् । उनले ९० लाख भन्दा बढी रकम हात पारिन् । त्यो पनि दुई बर्षको अवधीमा । यसबाट उनको पढाई मात्र पुरा भएन, जिन्दगी पनि ऐसोआरमपू्र्ण रह्यो ।
अंग्रेजी अखबार मिररका अनुसार क्रिस्टिनाले सुगर बेबी बन्ने फैसला गरिन् । यसका लागि उनले तीन जना अर्बपतिसँग डिल गरिन् । यस काम उनले एक वेबसाइटको माध्यमबाट गरेकी थिइन् । खास कुरा त यस्तो डिल गर्ने युवतीमा क्रिस्टिना एक्ली होइनन् । अहिले त यो ट्रेन्डकै रुपमा विकास भएको छ । खासगरी पढाईका लागि खर्च जुटाउन चाहने युवतीहरु अहिले यसरी नै अर्बपतिसँग डिल गर्ने गर्छन् । यद्यपी अहिले पनि यसलाई मुलुकमा डर्टी रिलेसन मानिन्छ ।
के हो सुगर रिलेसनसिप ?
खासमा अर्वपतिहरु एवं धनाढ्य पुरुष जो पाको छन्, उनीहरु कम उमेरकी युवतीसँग रोमान्स गर्न चाहन्छन् । धनाढ्यको जीवनमा जोडिएको सत्यता हो यो । कतिपय देशमा यस्तो सम्बन्धको चलन छ । यसरी पाको अर्बपतिसँग रोमान्स गरेबापत युवतीले पैसा पाउँछन् । यसलाई वेश्यावृत्ति भने मानिदैन । यसमा सामेल युवतीलाई सुगर बेबी भनिन्छ । यसका लागि युवतीको उमेर ३० बर्षभन्दा कमको हुनुपर्छ ।
यसरी कम उमेरकी युवतीले धनाढ्य बुढोसँग अन्तरंग सम्बन्ध राख्ने डिल गर्छन् । त्यसबापत लाखौ रुपैयाँ प्राप्त गर्छन् ।
तर, यसमा शारीरिक सम्बन्ध बनाउनैपर्छ भन्ने छैन । खासमा धनाढ्यहरुले आफ्नो यात्रामा यस्ता सुन्दरीलाई साथमै राख्न चाहन्छन् ।































प्रतिक्रिया