राजविराज, १,मंशिर

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा व्यापकरुपमा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएको छ । "/>

राजविराजमा निर्वाचन आचार संहिताको व्यापक उल्लंघन

राजविराजमा निर्वाचन आचार संहिताको व्यापक उल्लंघन

केन्द्रबिन्दु
0
Shares

राजविराज, १,मंशिर

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा व्यापकरुपमा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजविराजमा आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले निर्वाचनमा जित्नुपर्ने होडबाजी तथा एक अर्काको प्रतिस्पर्धाले गर्दा अहिले जिल्लामा आचारसंहिता उल्लंघन भइरहेको बताए । उनले जिल्लाको विभिन्न ठाउँ र राजविराजकै मुख्य चोक गजेन्द्र नारायण र दशन चोकमा अनुगमनका क्रममा उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको बताए । उक्त ठाउँमा उम्मेदवारको तस्वीर सहित पोस्टर पम्पलेट टाँसेका छन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य दल वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन, अन्य दल तथा स्वतन्त्र उम्मेदवारले राजविराजस्थित अदालत तथा सरकारी कार्यालय एवं सार्वजनिक संस्थामा समेत चुनावी पोस्टर पम्पलेट टाँसेर आचारसंहिता उल्लंघन गरेको पाइएको स्थानीय प्रशासनले जनाएको छ । प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकाको तस्वीर र चुनाव चिह्न अङ्कित पोस्टर सरकारी कार्यालय, निवास, सार्वजनिक संस्थाको भवन, पर्खालमा छ्यापछ्याप्ती टाँसिएको अवस्थामा रहेको पाइएको छ । आचारसंहिता विपरीत भड्किलो प्रचारप्रसारमा उत्रिएका उम्मेदवारले जिल्लाको विभिन्न सार्वजनिकस्थल, मठमन्दिर, सरकारी कार्यालय, विद्युतीय पोल लगायतका स्थानमा पर्चा पोष्टर टाँसेकाले यसप्रति स्थानीय प्रशासन र निर्वाचन कार्यालयको ध्यान जान जरुरी रहेको नगरवासीको भनाइ छ ।
रासस

Logo