गुल्मी,१,मंशिर

धुर्कोट गाउँपालिका–६ धुरका स्थानीयबासी गाउँमा भोट माग्न उम्मेदवार आउँदैछन् भन्‍ने खबर पाएपछि लामो समय पर्खेर बसे। "/>

नेता भोट माग्छन्, मतदाता खानेपानी !

नेता भोट माग्छन्, मतदाता खानेपानी !

केन्द्रबिन्दु
0
Shares

गुल्मी,१,मंशिर

धुर्कोट गाउँपालिका–६ धुरका स्थानीयबासी गाउँमा भोट माग्न उम्मेदवार आउँदैछन् भन्‍ने खबर पाएपछि लामो समय पर्खेर बसे। झण्डै पौने एक घण्टाको पर्खाइपछि उम्मेदवार गाडीबाट ओर्लिए। गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार एमाले नेता गोकर्ण विष्ट सहितको टोली गाडीबाट ओर्लियो। गाउँलेले उनीहरुलाई फूलमाला लगाएरै आर्शिवाद दिए। अघिल्लो संविधानसभा निर्वाचन २०७० मा समेत निर्वाचनमा जिताएरै पठाएका विष्टलाई गाउँलेहरुले यसपाली पनि विजयको शुभकामना दिए। शुभकामनासँगै उनीहरुले नेता विष्टसमक्ष खरोरुपमा आफ्ना माग पनि राखे । भेलामा करिब एक सय जनाको हाराहारीमा गाउँलेहरु सहभागी थिए। खासमा उनीहरु नेताको खोक्रो भाषण सुन्‍नु भन्दा आफ्ना गुनासा पोख्‍नका लागि भेलामा सहभागी भएका थिए।
स्थानीयले त्यति ठूलो माग लिएर त्यहाँ आएका थिएनन् । भेलामा सहभागी सबैको एउटै माग थियो, गाउँमा खानेपानीको व्यवस्था , गरि दिनुपर्‍यो। पानी माग्दामाग्दै बुढेसकालले भेटाइसक्यो,स्थानीय ८१ वर्षीय पदमबहादुर जिसीले भने, सधै‌‌‌‌‌ भोट दिएर जिताउँछौँ , हाम्रा माग ज्यूँ का त्युँ छन्। चुनावमा नेताहरुले आश्‍वासन मात्र दिएर जाने गरेको उनले विगतका दिन सम्झे। ‘गाउँमा अरु कुराको सामान्य विकास भइसकेको छ,उनी भन्छन्,‘ अब पानीको सुविधा भइदिएको भए सुखको श्‍वास फेर्न पाइने थियो। ०५१, ०६४, ०७० सालको संसदीय निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा समेत गाउँलेले जोडदारसँग खानेपानीको माग राखेका थिए। गाउँमा सडक, विद्युत, टेलिफोन, शिक्षा लगायतको विकास राम्रो हुँदै गएको छ। तर खानेपानीको सुविधा नहुँदा स्थानीयबासीको जनजीवन नै प्रभावित भएको छ। मंसीर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा गाउँ पुगेका एमाले नेता गोकर्ण विष्टले गाउँलेका माग पुरा गरेरै छाड्ने बचन दिएका छन्।

अन्नपूर्णबाट

Skip This
Skip This
Logo