काठमाडौं,१,मंशिर
संविधानले नै आधारभूत तह (कक्षा ८ सम्म) लाई अनिवार्य र निःशुल्क घोषणा गरे पनि सोही तहमा अहिले सम्म साढे चार लाख बालबालिका विद्यालय बाहिर रहेका छन् । विद्यालय तह अर्थात् कक्षा १२ सम्मका भने झन्डै १५ लाख बालबालिका विद्यालय बाहिर रहेका छन् । शिक्षा विभागको पछिल्लो तथ्यांक सन् २०१६–१७ को फ्लास १ रिपोर्ट अनुसार विद्यालय उमेर समूहका बालबालिका मध्ये चार लाख ३९ हजार ४१ जना विद्यालय बाहिर छन् । जस मध्ये दुई लाख १८ हजार सात सय ७८ छात्रा र दुई लाख २० हजार दुई सय ६३ छात्र छन् ।
काठमाडौं उपत्यकामा मात्रै अनिवार्य शिक्षा लिनुपर्ने उमेर समूहका २६ हजार २ सय ४३ बालबालिका विद्यालय बाहिर छन् । जसमा १७ हजार एक सय ९३ छात्र र ९ हजार ५० छात्रा रहेका छन् । सबैभन्दा बढी काठमाडौंमा २० हजार चार सय १५ बालबालिका विद्यालय बाहिर छन् । त्यसैगरी ललितपुरमा दुई हजार नौ सय ८५ र भक्तपुरमा दुई हजार आठ सय ४३ बालबालिका विद्यालय बाहिर रहेका विभागको तथ्यांकमा उल्लेख छ । कक्षा १० सम्म अध्ययन गर्ने उमेर समूहका बालबालिकाको संख्या ३३ हजार ७ सय ९० छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया