बाजुरा, ३०, कात्तिक
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखमै सुदूरपश्चिमका उच्च पहाडी भेगका मतदाता चिसो छल्न न्यायो खोज्दै बेंसी तर्फ झरेपछि उम्मेदवारहरूलाई उनीहरूको मत आफ्नो पक्षमा ल्याउन चुनौती थपिएको छ । पहाडी जिल्ला बाजुरा र दार्चुलाका उच्च भेगका बासिन्दा अत्याधिक चिसोका कारण मतदान भन्दा ज्यान प्यारो भन्दै बासस्थान छाडेर अन्यत्रै सरेका छन् । हिमाली गाउँपालिका–२ बौडी, बाजुराका पुरन थापा परिवार भेडाबाख्राको बथान सहित अछामको बुढाबगर सरेका छन् । उनीसँगै गाउँका ३५ परिवार गाउँमा चिसो बढेसँगै भेडाबाख्रा लिएर मत हाल्न समेत नफर्कने गरी बसाइँ सरेका हुन् । भोटे जातिको बाहुल्य रहेको यो गाउँ यति बेला सुनसान छ ।
व्यास गाउँपालिका–१ छाँगरु दार्चुलाका ८० वर्षीय नन्दनसिंह लामा आफ्नो परिवार सहित व्यासबाट चिसो छल्न बसाइँ सरेका छन् । गाईबस्तु, लालाबाला सहित उनी व्यासबाट सदरमुकाम खलंगा झरेका हुन् । व्यासमा हिमपात हुन थालेपछि सिंगो गाउँ नै चिसो छल्न सदरमुकाम खलंगा झरेका छन् । सदरमुकाम खलंगाबाट २८ कोष उत्तरपश्चिममा अवस्थित व्यास गाउँपालिका नेपाल, भारत र चीनको सीमा क्षेत्र हो । व्यासबाट गाईबस्तु सहित पूरै परिवार खलंगा पुग्न ४ दिन लाग्छ । १ सय ५६ घरधुरी रहेको व्यासमा ५ सय ४१ मतदाता छन् । ‘व्यासका दुईवटै मतदान केन्द्र खलंगा सार्ने निर्णय सिफारिस भएसँगै सबै मतदाता खलंगा झरेका छौं,’ स्थानीय वृद्ध नन्दनसिंह लामाले भने । गाउँमा चिसो बढेसँगै बस्न सकिने अवस्था नभएपछि गाउँ रित्तो भएको हो । उस्तै ६ महिना व्यास र ६ महिना खलंगा सर्ने व्यासी सौका समुदाय कात्तिक देखि मंसिरको समयमा खलंगा झर्ने गर्छन् ।
राजधानीबाट





























प्रतिक्रिया