काठमाडौं, ३०, कात्तिक
नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबै जसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएल लगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । "/>

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज !

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३०, कात्तिक
नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबै जसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएल लगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । राष्ट्र बैंकले भने बिटक्वाइनलाई अवैध मानेको छ । बिटक्वाइनको वालेटबाट मोबाइल नम्बरहरू रिचार्ज हुने खुलेको तर त्यो कसरी भइरहेको छ भनेर पत्ता नलागेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिटक्वाइनबाट नेपालका मोबाइल नम्बर रिचार्ज भइरहेकाले त्यसमा आवश्यक अनुसन्धान र कारबाही गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो । प्राधिकरणले पनि बिटक्वाइनका वालेटबाट टेलिकम कम्पनीका मोबाइल नम्बरमा रिचार्ज हुने सूचना पाएपछि अपरेटरहरूसँग छलफल गरेको थियो । सिआइबी र नेपाल राष्ट्र बैंकले यस विषयमा चासो देखाएपछि प्राधिकरणले छलफल अगाडि बढाएको हो । ‘सिआइबीको पत्र प्राप्त हुना साथ हामीले अपरेटरहरूसँग यो विषयमा छलफल गरेका थियौँ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘छलफल भए पनि के गर्ने भन्ने विषयमा कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।’

प्राधिकरणसँग होस्टिङ र सञ्चालक चेक जाँच गर्ने उपकरण नभएका कारण नेपालबाट कसले यसको कारोबार गरिरहेको हो पत्ता लाग्न नसकेको उनले बताए । बिटक्वाइनको वालेटबाट सीधै टेलिकम कम्पनीका मोबाइलमा रिचार्ज गर्न नसकिनु पर्ने भन्दै उनले नेपालमा नै कसैले यसको अप्रत्यक्ष रूपमा अवैध कारोबार गरिरहेको हुन सक्ने बताए ।
नयाँपत्रिकाबाट

Logo