काभ्रे, ३०, कात्तिक
जिल्लामा चुनावी सरगर्मी ह्वात्तै वढेसँगै उमेदवारहरु पनि भोट माग्न घरदैलोमा पुगेका छन् । उनीहरु खेतमा धान काट्दै गरेका मतदाता समक्ष भोट मागीरहेका दृष्य थप रोचक बनेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६७ हजार ८ सय ९९ पुरुष, ६५ हजार ८ सय ७५ महिला गरी १ लाख ३३ हजार ७ सय ५५ रहेका छन् । बाम गठबन्धनका तर्फबाट यहाँ नेकपा माओवादी केन्द्रका गंगाबहादुर दोङ बमध्वज र नेपाली कांग्रेसका तीर्थ लामा बीच प्रतिस्पर्धा हुदैछ । उनीहरु लगायत १५ जनाको उम्मेदवारी क्षेत्र नम्बर १ मा दर्ता भएको छ। एजेन्डा बोकेर सबै उम्मेदवार घर–घर पुगेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा ६८ हजार ९ सय ९० पुरुष र ६९ हजार ५ सय २२ महिला गरी १ लाख ३८ हजार ५ सय १२ मतदाता रहेका छन्। गठबन्धनबाट एमालेका गोकुल बाँस्कोटा र नेपाली कांग्रेसका मधु आचार्य प्रतिस्पर्धामा छन् । बास्कोटा र आचार्यको प्रतिस्पर्धामा बास्कोटा मत र प्रभावका हिसावले अघि देखिएका छन्। सोही क्षेत्रमा नेपाली कांग्रेसका सुन्दरमणि आचार्य र एमालेका लक्ष्मण लम्साल बीच प्रतिस्पर्धा हुनेछ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रति आशा गरेको छ । सोही क्षेत्रमा तीर्थ लामा र प्रदेशमा चर्चित डन गुन्डा नाइके गणेश लामा र कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा उम्मेदवार छन् । गठबन्धनका तर्फबाट रत्न ढकाल र निर्माण व्यवसायी संघका अध्यक्ष तथा युवा संघका केन्द्रीय उपाध्यक्ष चन्द्र लामा प्रतिस्पर्धी छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया