महोत्तरी , ३०, कात्तिक

अबैध चाँदीका गरगहना र हात्तीको पुच्छर देखिने समाग्री सहित महोत्तरीको बर्दिबासबाट दुई जनालाई प्रहरीले फक्राउ गरेको छ। "/>

महोत्तरीमा नौ किलो चाँदी र हात्तीको पुच्छर सहित दुई पक्राउ

महोत्तरीमा नौ किलो चाँदी र हात्तीको पुच्छर सहित दुई पक्राउ

केन्द्रबिन्दु
0
Shares

महोत्तरी , ३०, कात्तिक

अबैध चाँदीका गरगहना र हात्तीको पुच्छर देखिने समाग्री सहित महोत्तरीको बर्दिबासबाट दुई जनालाई प्रहरीले फक्राउ गरेको छ। कैलाली टिकापुर नगरपालिका १ का विश्वराज तिवारी र कालिकोट तिलकानगर ९ बस्ने लक्ष्मी कोइरालालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रविण पोखरेलले बताए । प्रहरीले उनीहरुलाई बर्दिवास स्थित शिशमहल होटेलबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरुको साथबाट अबैध नौ किलो ४ सय ग्राम चाँदी र १५ हजार १ सय थान हात्तीको पुच्छर बरामद भएको डिएसपी पोखरेलले जनाए। प्रहरीले उनीहरुलाई बिशेष सुराकीको आधारमा होटलबाट पक्राउ गरेको हो। चाँदीका गरगहना र हात्तिको पुच्छर सहित पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने भएको छ। पक्राउ परेका तिवारीको साथबाट हात्तिको पुच्छर जस्तो देखिने वस्तु बरामद भएकोले जिल्ला वन कार्यालयलाई बुझाउने तयारी गरिएको हो।
अन्नपूर्णबाट

Logo