वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २९ कात्तिक ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ । उनी आमागमी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए ।

अख्तियारको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायब सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।

पौडेल र केसीको बयानमा महानिर्देशक पाण्डे पनि त्यस घुसखोरीमा संलग्न रहेको र पाण्डेले नै उनीहरुलाई परिचालन गरेको अनुसन्धानबाट तथ्य बाहिर आएपछि उनलाई पनि पक्राउ गरिएको बताइएको छ ।

पौडल र केसीलाई मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पक्राउ गरिएको थियो ।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ ।

 

Logo