इलाम, २९ कात्तिक
मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ बस्ने ४० वर्षीय भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । ट्रकमा नै रहेका इलाम नगरपालिका—१० गोदकका सिंहराज महत र सुनसरी जिल्ला दुहवीका करन ऋषिदेव घाइते भएका छन् । उनीहरुको झापाको विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सुधार उन्मुख रहेको बताइएको छ । झापाबाट इलामतर्फ रोलर बोकेर ल्याउँदै गरेको सो ट्रक सडकबाट करिब १५० मिटर तल खसेको थियो ।
रासस





























प्रतिक्रिया