काठमाडौं , २९, कात्तिक
चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा हलो बोकेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती गरेको बताएका छन् । मंगलबार चितवनको विकासका लागि प्रतिबद्धता सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बनाएका हुन् ।
‘गिरिजाबाबुले जाँदाजाँदै शान्ति प्रक्रियालाई टुंग्याउने र देश बनाउने जिम्मा तपाईंलाई छोडेर जाँदै छु भनेर भनेको कुरा कांग्रेसका नेताले सुन्नु भएको छ । शान्ति प्रक्रियाको हस्ताक्षरकर्ताको नाताले म चुनाव लड्दा समर्थन गरेको भए कांग्रेसकै हाइट बढ्थ्यो’, प्रचण्डले भने, ‘शेरबहादुरजीलाई प्रधानमन्त्री हुने बाटो खोलेर गुन लगाएँ । उहाँले त्यो गुन लगाउँदा राजनेता भन्नु भएको थियो । तर उहाँले गुन तिर्नु भएन । राजनेताको स्थान पनि दिनु भएन । उहाँले त हलो बोकेर हिड्नुभयो ।’ प्रचण्डले आफू प्रधानमन्त्री रहनसक्ने अवस्था हुँदा हुँदै आफूले देउवालाई छोडिदिएको तर त्यो कुरालाई अहिले कांग्रेसले बिर्सिएको गुनासो समेत गरे।
अन्नपूर्णबाट





























प्रतिक्रिया