काठमाडौं, २८ कात्तिक । नक्कली सरकारी छापहरू किर्ते बनाई विभिन्न प्रयोजनको लागि प्रयोग गर्दै आईरहेका एक विदेशी नागरिकलाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ ।
प्रहरीले नेपालको सरकारी छाप तथा बिभिन्न देशका भिषाहरू समेत नक्कली बनाउने कार्यमा संलग्न रहेको आरोपमा बंगलादेशी मुलका ट्रिनिडाड एण्ड टोबोगोका ३५ बर्षिय डेविड लुईज सान्तनालाई पक्राउ गरेको हो ।
डेविडलाइ ब्युरोद्वारा खटिएको टोलीले काठमाण्डौको मित्रनगरबाट पक्राउ गरेको हो । नक्कली सरकारी छापहरू किर्ते बनाई मानव तस्करी गर्ने प्रयोजनको लागि डेविडले प्रयोग गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको ब्युरोका प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठले बताए । पक्राउ गरेका डेविडलाई ब्युरोले काठमाण्डौ जिल्ला अदालतमा पेश गरी थप अनुसन्धानका लागि म्याद थप गराएको छ ।





























प्रतिक्रिया