काठमाडौं,२८,कात्तिक
नियम विपरीत सञ्चालनमा रहेको काठमाडौँका दुई औषधि पसललाई शिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा नरदेवीमा रहेको कुशल डेण्टल क्लिनिक प्रालि र सागर प्याथोलोजी ल्याबले स्विकृति नलिई सञ्चालन गरेको पाइए पछि शिलबन्दी गरेको हो ।
अनुगमन संयोजक दिपकराज पोखरेल सहितको टोलीले शिलबन्दी गरिएको दुवै औषधि पसललाई ३ दिन भित्र आवश्यक कागजपत्र लिई विभागमा आउन निर्देशन दिएको छ । पछिल्लो समय तरकारीमा भएको मूल्यवृद्धिलाई कम गर्न पनि विभागले रातिको समयमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । सामान खरिद गर्दा म्याद, मूल्य र प्रयोग गर्न सकिने मिति ख्याल गर्न पनि आम उपभोक्तालाई उनले अनुरोध समेत गरका छन्।
रासस





























प्रतिक्रिया