चितवन, २८, कात्तिक
आगामी मंसिर १४ गते बाट नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने भएको छ । वन विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्यापिङ’ पद्धतिद्वारा बाघ गणना गरिने भएको हो । "/>

मंसिर १४ बाट बाघ गणना गरिंदै

मंसिर १४ बाट बाघ गणना गरिंदै

केन्द्रबिन्दु
0
Shares

चितवन, २८, कात्तिक
आगामी मंसिर १४ गते बाट नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने भएको छ । वन विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्यापिङ’ पद्धतिद्वारा बाघ गणना गरिने भएको हो । करिब दुई हजार अत्याधुनिक प्रविधिका क्यामेरा जडान गरी क्यामराले कैद गरेका तस्बिरको अध्ययन गरेर बाघ गणना गरिने उनले बताए । पर्सा वन्यजन्तु आरक्षबाट गणना शुरु गरी चितवन हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सम्म पुगेर करिब तीन महिनाको अवधिमा बाघ गणना सम्पन्न गरिने छ । बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वनक्षेत्र र ती सँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने महानिर्देशक खड्काले जानकारी दिए । नेपाल र भारतका सीमा क्षेत्रमा रहेका बाघ नदोहोरिने गरी गणना गरिने छ ।

महानिर्देशक खड्काका अनुसार बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने गर्छ । कतिपय बाघ नेपाल र भारतका वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमा दुवै देशको वन क्षेत्रलाई आफ्नो बासस्थान बनाई बसेकाले दुवै देशमा एकैसाथ गणना गर्दा बाघको संख्या नदोहोरिने खड्काले बताए । यस अघि पनि दुवै देशमा एकैसाथ बाघको गणना गरिएको थियो तर प्रविधि पनि एउटै प्रयोग गर्न लागिएको यो पहिलो पटक हो । रासस

Logo