इलाम ,२७, कात्तिक
लाम नगरपालिका–७, महभिरकी ५६ वर्षीया देउमाया राईले अहिले सम्म भएका धेरै निर्वाचनमा भोट हालि सकिन् । "/>

मेची पहाडका मतदाता भन्छन् -“सडक, खानेपानी र बिजुली देऊ, हामी भोट दिन्छौं”

मेची पहाडका मतदाता भन्छन् -“सडक, खानेपानी र बिजुली देऊ, हामी भोट दिन्छौं”

केन्द्रबिन्दु
0
Shares

इलाम ,२७, कात्तिक
लाम नगरपालिका–७, महभिरकी ५६ वर्षीया देउमाया राईले अहिले सम्म भएका धेरै निर्वाचनमा भोट हालि सकिन् । तर उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर आउने नारा चाहिँ कहिल्यै नयाँ लाग्दैन । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ भन्ने जिज्ञासामा उनले उही पुरानो माग दोहो¥याइन्– सडक, पुल, खानेपानी र बिजुली । इलाम मात्र होइन, मेची पहाडका जिल्लामा वर्षौं देखिका मुख्य समस्या र अभाव हुन् यी । गाउँमा सडक छैन, पुलपुलेसा छैनन्, खानेपानीका लागि संघर्ष गर्नुपरेको छ, बिजुली छैन । हरेक स्थानीय र संसदीय निर्वाचनमा दलहरूले ल्याउने अजेन्डा पनि यी विषय भन्दा फरक खासै छैनन् । तर दलहरूले आफ्नो प्रतिबद्धता पूरा गर्न नसक्दा सर्वसाधारण वर्षौं देखि तिनै पुराना माग दोहो¥याउन बाध्य छन् ।

मेचीका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा सडक ठूलो समस्या छ । हिँउदभर मुस्किलले ल्यान्डरोभर सम्म चल्ने कच्ची सडक वर्षा याममा पूरै ठप्प हुन्छन् । वर्षामा सर्वसाधारणले सदरमुकाम आउजाउ गर्न दुईचार दिन लगाउनु पर्छ । खोलामा पुल नहुँदा यी जिल्लाका कतिपय गाउँलेको भेटघाट वर्षामा निकै पातलो हुन्छ । बिजुलीको सुविधा इलाम र पाँचथरमा सन्तोषजनक रहे पनि ताप्लेजुङका सबैजसो नागरिक ये सेवाबाट वञ्चित छन् । तीन वटै जिल्लामा खानेपानी जस्तो आधारभूत आवश्यकता पूरा हुन सकेको छैन । त्यसैले वर्षौं देखि एउटै अजेन्डा र समस्यमा दोहो¥याउन बाध्य छन् उम्मेदवार र सर्वसाधारण । त्यसैले मेची पहाडका मतदाता अहिले भनिरहेका छन् , सडक, खानेपानी र बिजुली देऊ हामी भोट दिन्छौं ।
नागरिकबाट

Logo