काठमाडौं,२७, कात्तिक
विशेष अदालतले ‘आर्बिट्रेसन’ मार्फत ट्रान्सफरमर प्रतिस्थापन गर्न दिएको आदेशलाई चुनौती दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबन अगाडि बढाएको भेटिएको छ ।विशेष अदालतले चीनको हुबेई सनलाइट इलेक्ट्रिक कम्पनी लिमिटेडले आपूर्ति गरेको ट्रान्सफरमर मापदण्ड विपरीत भएको भेटिएपछि तिनको आपूर्तिकर्ता ठेकेदार कम्पनीसित प्रतिस्थापन प्रक्रिया पूरा गरी जानकारी दिन आदेश गरेको थियो । उक्त आदेशपछि प्राधिकरणको ६७७ औं बैठकले ट्रिब्युनल गठन गरी प्रतिस्थापन प्रक्रिया अगाडि बढाएपछि अख्तियारले पुनः छानिबनका लागि भन्दै सञ्चालक समितिका सदस्य मध्ये तत्कालीन ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीलाई बयानका लागि गत साता बोलाएको थियो । अख्तियारबाट उक्त ठेक्का सम्झौता अन्तर्गत खरिद प्रक्रियामा संलग्न कर्मचारी र ठेकेदारउपर विशेष अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेको उक्त अदालतले ०७० असोज ३ गते ‘आपूर्तिकर्ताबाट करारको सर्त अनुसार ट्रान्सफरमर प्रतिस्थापन भएमा सो कार्य पूरा भएको जानकारी प्राप्त भएपछि प्रस्तुत आदेश उपर पुनर्विचार गर्न पेस गर्नू’ भनी आदेश दिएको थियो ।
त्यसपछि २८ सेप्टेम्बर २०१३ मा दोस्रो लट अन्तर्गत थप १७० थान प्रतिस्थापन गर्ने र बाँकी ट्रान्सफरमर क्रमशः आपूर्ति गर्ने सहमति भएको थियो । बाँकी ट्रान्सफरमर प्रतिस्थापनका लागि प्राधिकरणले पटक पटक ताकेता गर्दै पत्राचार गरेकोमा आपूर्तिकर्ताबाट लामो समयसम्म कुनै प्रतिक्रिया नआएको प्राधिकरणका तत्कालीन सञ्चालक समिति सदस्य एवं तत्कालीन ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीले बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया