धादिङ, २७, कात्तिक
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समाचार संकलन र सम्प्रेषण गर्दा अपनाउनु पर्ने आचारसंहिताको सम्बन्धमा जिल्ला निर्वाचन कार्यालयले यहाँ क्रियाशील पत्रकारलाई एक दिने प्रशिक्षण दिएको छ । "/>

धादिङका पत्रकारलाई आचार संहिताबारे प्रशिक्षण

धादिङका पत्रकारलाई आचार संहिताबारे प्रशिक्षण

केन्द्रबिन्दु
0
Shares

धादिङ, २७, कात्तिक
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समाचार संकलन र सम्प्रेषण गर्दा अपनाउनु पर्ने आचारसंहिताको सम्बन्धमा जिल्ला निर्वाचन कार्यालयले यहाँ क्रियाशील पत्रकारलाई एक दिने प्रशिक्षण दिएको छ । राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा आबद्ध २० जना पत्रकारलाई जिल्ला निर्वाचन कार्यालयका प्रमुख ईश्वर सिम्खडा, केन्द्रीयस्तरको प्रशिक्षण प्राप्त गरेका जिल्लाका दुई जना पत्रकार पोषनाथ अधिकारी र सानुबाबु तिम्सिनाले प्रशिक्षण दिएका थिए ।

जिल्ला निर्वाचन अधिकृत सिम्खडाले प्रतिनिधिसभा र प्रदेशसभा, समानुपातिक निर्वाचन प्रणालीको सन्दर्भमा रहेको संवैधानिक र कानुनी व्यवस्था, निर्वाचन प्रक्रिया र व्यवस्थापनबारे प्रशिक्षण दिए । पत्रकारद्वयले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पालना गर्दै समाचार सम्प्रेषण र प्रकाशन गर्ने, समाचारलाई कसरी सत्य र तथ्यपरक बनाउने, विश्वसनियता एवं निष्पक्षताका लागि पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका माथि प्रशिक्षण दिएका थिए ।
रासस

Logo