काठमाडौं , २७, कात्तिक
भारतीय आयल कर्पोरेसन (आइओसी)ले दुई वर्ष अघि गरेको सम्झौता अनुरूप अबको डेढ महिनापछि मोतिहारी–रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण सुरु गर्ने भएको छ । "/>

पेट्रोलियम पाइपलाइन डेढ महिनापछि निर्माण सुरु हुने

पेट्रोलियम पाइपलाइन डेढ महिनापछि निर्माण सुरु हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , २७, कात्तिक
भारतीय आयल कर्पोरेसन (आइओसी)ले दुई वर्ष अघि गरेको सम्झौता अनुरूप अबको डेढ महिनापछि मोतिहारी–रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण सुरु गर्ने भएको छ । अब १५ दिन पछि पाइपलाइन निर्माणलाई आवश्यक सामग्री निर्माणस्थलमा ल्याउन सुरु गर्ने र त्यसको एक महिनापछि पाइप बिछ्याउने कार्य गर्ने आइओसीले नेपाल आयल निगमलाई जानकारी दिएको हो ।

पाइपलाइन निर्माणको विषयमा छलफल गर्न आइओसीको तीन सदस्यीय टोली काठमाडौंमा आएर निगमका पदाधिकारीहरूसँग भेटघाट गरेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । आइओसी टोलीले स्थलगत अध्ययन समेत गरेर डेढ महिनापछि निर्माण सुरु गर्ने जानकारी दिएको गोइतले बताए । ‘आइओसीले आफ्नै खर्चमा पाइप निर्माण गर्ने यसअघिको सहमति अनुरूप जनवरी २०१८ बाट काम सुरु गर्ने जनाएको छ,’ उनले भने । आइओसीले पाइप बिछ्याउन एक वर्ष अघि नै टेन्डर मार्फत कम्पनी छनोट गरिसकेको छ । तर निगमले पाइप बिछ्याउनका लागि बाटो नदिँदा समय लम्बिएको हो । सडक विभागसँगको सहकार्यपछि वीरगन्ज देखि अमलेखगन्ज सम्म आउने मुख्य माटोको छेउबाट पाइप बिछ्याइने भएको छ ।
नयाँपत्रिकाबाट

Logo