काठमाडौं, २५ कात्तिक । संसारमा नामको खडेरी छैन । अहिले त के नाम राख्ने भनेर धेरै टाउको दुखाउनु पनि पर्दैन । कति वेबसाइटले संभावित नामहरु नै फटाफट देखाइदिन्छ । तर, कतिपयको नाम सुन्दा यस्तो लाग्छ, यहाँ नामको साँच्चै अभाव छ ।
हामीले सुनेका छौ, कतिको नाम हुन्छ ढालबहादुर । यी त सामान्य भए । अब एक भारतीय महिलाको नाम सुनौ । उनको नाम हो, सेक्सी देवी । उनी एक निर्वाचनका उम्मेदवार पनि रहिछन् । उनको नाम अहिले सोसल मिडियामा भाइरल भएको छ ।
उनको प्रचार सामग्रीमा दुई हात जोडेर नमस्ते गरिरहेका तस्बिर छ । त्यसको बायाँतिर बोल्ड अक्षरमा लेखिएको छ, श्रीमती सेक्सी देवी । उनीमाथि योग्य, कर्मठ, शिक्षित, लगनशी महिला प्रत्याशी । उनको चुनाव चिन्ह चाहि अन्न काटिरहेका किसान रहेको छ । उनी भारतको कुनै गाउँकी उम्मेदवार समेत रहेको उनको निर्वाचनको प्रचार प्रसारलाई निकालिएको पर्चाले देखाउछ । एजेन्सी





























प्रतिक्रिया