केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, २५ कार्तिक ।
शनिबार बिभिन्न ठाउमा बहेको दुर्घटनामा ४ जनाको ज्यान गएको छ ।
सुर्खेतबाट दैलेख जाँदै गरेको माइक्रोबस दुर्घटना भएको छ। दैलेखको गुराँस गाउँपालिकाको सियाकोट ४ मा बा ४ ख ५०१० नम्बरको माइक्रोबस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु र ८ जना घाइते भएको जनाइएको छ।
माइक्रोबस शुक्रबार राती दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, नौमुले गाउँपालिका–५ का रत्नबहादुर सिजाली र जसी राना रहेको प्रहरीले जनाएको छ।
त्यस्तै दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । घाईते हुनेहरुमा पाटाभार बर्दियाका परशुराम चौधरी, विनोद चौधरी, नरेश थारु र धर्म थारु, दुल्लु नगरपालिका दैलेखका सुरेश देवकोटा र विमलबहादुर थापा तथा नारायण नगरपालिकाकी हेमा खड्का रहेका छन। घाईतेहरुको सुर्खेत देउती नर्सिङ होममा उपचार भइरहेको छ ।
यसैबीच पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको खयरघारीमा ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ना ५ ख ८३९९ नम्बरको ट्रक महेशखोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्रकका सहचालक २० वर्षका भीम नेपालको घटनास्थलमै ज्यान गएको हो । गाडी चालक भने सामान्य घाइते भएका छन् ।





























प्रतिक्रिया