काठमाडौँ, २५ कात्तिक
साँझा शिक्षा ई–पार्टी, नेपाल नामक सामाजिक संस्थाले हाल सम्म करिब १४० सामुदायिक विद्यालयमा ६ हजार ल्यापटप उपलब्ध गराएको छ । "/>

सामुदायिक विद्यालयमा ६ हजार ल्यापटप उपलब्ध

सामुदायिक विद्यालयमा ६ हजार ल्यापटप उपलब्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २५ कात्तिक
साँझा शिक्षा ई–पार्टी, नेपाल नामक सामाजिक संस्थाले हाल सम्म करिब १४० सामुदायिक विद्यालयमा ६ हजार ल्यापटप उपलब्ध गराएको छ । राष्ट्रिय पाठ्यक्रममा आधारित अन्तक्र्रियात्मक डिजिटल राखेर शैक्षिक सामग्री सहित ती ल्यापटप उपलब्ध गराइएको हो । शिक्षक, विद्यार्थी र समुदायका सदस्यमा पढ्ने बानीको विकास गर्न विभिन्न साहित्यिक पुस्तक, पत्रपत्रिकामा आधारित ई–पुस्तकालय तयार पारेको सो संस्थाले उपलब्ध गराइएको ल्यापटपमा हाल आठ हजार भन्दा बढी डिजिटल पुस्तक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयमा भिडियो, पाँच हजार भन्दा बढी अडियो सामग्री समेटेको छ । सो पुस्तकालय निःशुल्करुपमा शिक्षक, विद्यार्थीले हेर्न सक्ने व्यवस्था गरिएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले पाठ्य सामग्रीलाई डिजिटलमा समावेश गरी विद्यार्थीलाई सिकाउँदा प्रभावकारी परिणाम आउने बताउँदै यस्तो व्यवस्थालाई सबै विद्यालयमा विस्तार गर्न सरकारले सहयोग गर्ने बताए । संस्थाका कार्यकारी निर्देशक रवि कर्माचार्यले कक्षा २ देखि ८ सम्मका अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयका ६०० भन्दा बढी डिजिटल सामग्री समेत अंग्रेजी, नेपाली र चेपाङ भाषामा व्यवस्थित गर्न लागिएको बताए ।
रासस

Logo