रुकुम,२५, कात्तिक
चुनाव बिथोल्ने अभियानमा रहेको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमले केहि दिन अघि पुर्ब गृहमन्त्री तथा हालका बिना बिभागीय मन्त्री शर्माको घरमा दलाल संसदीय ब्यवस्था मुर्दाबाद लेखिएको कालो ब्यानर झुण्ड्याएका थिए । "/>

जनार्दन शर्मालाई बम हान्ने विप्लवका २ जना कार्यकर्ता पक्राउ

जनार्दन शर्मालाई बम हान्ने विप्लवका २ जना कार्यकर्ता पक्राउ

केन्द्रबिन्दु
0
Shares

रुकुम,२५, कात्तिक
चुनाव बिथोल्ने अभियानमा रहेको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमले केहि दिन अघि पुर्ब गृहमन्त्री तथा हालका बिना बिभागीय मन्त्री शर्माको घरमा दलाल संसदीय ब्यवस्था मुर्दाबाद लेखिएको कालो ब्यानर झुण्ड्याएका थिए । हिजो शर्मा चढेको चुनाबी गाडिमा बम प्रहार भएको छ ।

उक्त कार्य सँगै जिल्लामा समग्र निर्बाचन बिथोल्ने अभियानमा सहभागीता जनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर सार्बजनिक अपराध मुद्धा चलाएको छ । सुरक्षाकर्मी र कार्यकर्ताहरुको उच्च सजकताका कारण कुनै मानबिय क्षति भने भएको छैन । प्रहरीका अनुसार शर्माको गाडिलाई लक्षित गरेर प्रहार गरिएका दुई वटा बम कुनै शक्तिशाली नभएर सामान्य घरायसी समानबाट बनाईएका बम थिए । बम कुन ब्यक्ति वा समुहले प्रहार गरेको हो भन्ने कुनै यकिन नभएपनि निर्बाचन बिथोल्न खोज्ने समुहबाट त्यस्तो गतिबिधी भएको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
नेपाल समाचारपत्रबाट

 

Logo