काठमाडौं,२५, कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जारी ‘राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७४’ ले यस क्षेत्रमा सुधारको युग प्रारम्भ भएको विज्ञ एवं सरोकारवालाहरुले प्रतिक्रिया दिएका छन्। "/>

प्रमाणिकरणसँगै चिकित्सा शिक्षामा सुधारको युग प्रारम्भ

प्रमाणिकरणसँगै चिकित्सा शिक्षामा सुधारको युग प्रारम्भ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२५, कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जारी ‘राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७४’ ले यस क्षेत्रमा सुधारको युग प्रारम्भ भएको विज्ञ एवं सरोकारवालाहरुले प्रतिक्रिया दिएका छन्। डा.गोविन्द केसीको १३ पटक सम्मको अनशन विभिन्न समयमा सरकारसँग भएका सम्झौता अनुसार चर्चित माथेमा कार्यदलको प्रतिवेदन अनुसारको अध्यादेशलाई सरकारले कात्तिक ६ मा पारित गरेर राष्ट्रपति समक्ष जारी गर्न सिफारिस गरेको थियो। अध्यादेशले लामो समय देखि यो क्षेत्रमा जारी संघर्षको प्रतिफलसँगै गुणस्तरीय चिकित्सा शिक्षा र स्तरीय स्वास्थ्यको जग बसालेको उनीहरुले बताएका छन् । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले संविधानको भावना अनुसारको गुणस्तरीय र सर्वपहुँचको स्वास्थ्य सेवा बनाउने युगको प्रारम्भ अध्यादेशबाट भएको बताए । उनले चिकित्सा शिक्षामा लामो समय देखि व्याप्त विकृति विरुद्ध तिथीको सुरुवात गर्ने आधार बसेको बताए। उनले यति महत्वपूर्ण कानून जारी गर्ने अबसरबाट आयु सकिएको संसद बञ्चित भएको भन्दै आगामी संसदले अध्यादेशलाई अनुमोदन गर्नै पर्ने बताए।

डा.केसीले माग अनुसार संसदीय समितिबाटै विधेयक पारित गर्न लागिपरेका थापाले सो सम्भावना नभएपछि संसदमा प्रवेश गर्ने समयमा आफ्नो पार्टीलाई सहमत गराएर यो स्वरुपको विधेयक ल्याउँन महत्वपूर्ण भूमीका खेलेका थिए। अभियान्त डा.गोविन्द केसीले पनि अध्यादेशसँगै एउटा नयाँ सुरुवात भएको बताए । ‘अब संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ’ डा.केसीले भने । उनले अहिले नै जनताले आफ्ना पक्षमा चिकित्सा शिक्षा ऐन पारित गर्न तयार हुने संसदलाई मात्रै संसदमा पठाउँनु पर्ने बताए । ‘अब तत्काल यसको कार्यन्वयन सुरु हुनुपर्छ’ डा.केसीले भने, ‘यो अगाडी बढेको अभियानलाई कसैले पछाडी धकेल्न खोज्न सक्दैन् । हाम्रो खवरदारी र संघर्ष जारी रहन्छ,’ । डा.केसीले अबको संघर्ष अध्यादेशलाई पारित गर्न र भावना अनुसार कार्यन्वयनका लागि हुने बताए ।
नागरिकबाट

Skip This
Skip This
Logo