सोलुखुम्बु ,२५, कात्तिक
चुनावी अभियानका क्रममा सोलुखुम्बुको सोताङमा नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताहरु बीच झडप भएको छ । झडपमा आधादर्जन घाइते भएका छन् । कांग्रेस जिल्ला कोषाध्यक्ष पेमा तामाङ र माओवादीको महाधिवेशन आयोजक समिति सदस्य दिलबहादुर नेपालीलाई गम्भीर चोट लागेको छ । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीले माओवादी कार्यकर्ता माथि जाइलाग्ने निर्देशन दिए लगतै झडप भएको वताइएको छ । आफूहरु माथि जाइलागे पछि रक्षाका लागि प्रहरीलार्इ खवर गरेको माओवादीले जनाएको छ । गुदेलको कार्यक्रमबाट फर्किएर सोताङ ५ मा बास बसेको घरमा पनि गएराती माओवादी कार्यकर्ता र काँग्रेस कार्यकर्ता बिच झडप भएको थियो ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया