मोरङ,२५, कात्तिक
विवेकशील साझाबाट मोरङमा उम्मेदवारी दर्ता गर्ने धेरै व्यवसायी छन् । विवेकशील साझाले मोडल, कृषक, शिक्षक र होटल व्यवसायमा आबद्ध युवालाई उम्मेदवार बनाएको छ । "/>

मोरङमा विवेकशील साझाका उम्मेदवार मोडल देखि कृषक सम्म

मोरङमा विवेकशील साझाका उम्मेदवार मोडल देखि कृषक सम्म

केन्द्रबिन्दु
0
Shares

मोरङ,२५, कात्तिक
विवेकशील साझाबाट मोरङमा उम्मेदवारी दर्ता गर्ने धेरै व्यवसायी छन् । विवेकशील साझाले मोडल, कृषक, शिक्षक र होटल व्यवसायमा आबद्ध युवालाई उम्मेदवार बनाएको छ । विवेकशील साझाले प्रतिनिधिसभा तर्फ एक र प्रदेश सभामा तीन गरी चार स्थानमा उम्मेदवारी दिएको छ । सो दलबाट मोडल अमलेश कर्ण, कृषक सरोज नेपाल, शिक्षक रमेश विष्ट र होटेल व्यवसायी गणेश विष्ट उम्मेदवार बनेका हुन् । फरक क्षेत्रबाट राजनीतिमा आएका यी उम्मेदवारको पनि जिल्लामा चर्चा हुने गरेको छ । विवेकशील साझाले मोरङको क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ अमलेश कर्णलाई उम्मेदवार बनाएको छ । उनी विराटनगर–१० का स्थायी बासिन्दा हुन् । उपभोक्ता अधिकारवादी संस्था पब्लिक फोरममा समेत आबद्ध कर्ण लामो समय देखि मोडलिङ गर्दै आएका छन् ।

आफ्नो टोलको विकास र अन्य विभिन्न सामाजिक कार्यमा पनि उनले सहभागिता जनाउँदै आएका छन् । उनले स्थानीय तहको निर्वाचनमा पनि विराटनगर महानगरपालिका– १० बाट उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार बनेका कर्ण दुई सय ४५ मत ल्याएर छैटौँ स्थानमा सीमित भएका थिए । सो वडामा स्वतन्त्रकै माधवराज वाग्ले आठ सय ४५ मत ल्याएर विजय भएका थिए ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo