काठमाडौं,२५, कात्तिक
निर्वाचन आयोगले आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीको मतपत्र सार्वजनिक गरेको छ । "/>

प्रत्यक्षतर्फको मतपत्र सार्वजनिकः १ सय ११ वटा भिन्नाभिन्नै मतपत्र

प्रत्यक्षतर्फको मतपत्र सार्वजनिकः १ सय ११ वटा भिन्नाभिन्नै मतपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२५, कात्तिक
निर्वाचन आयोगले आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीको मतपत्र सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीको मतपत्र यसअघि नै सार्वजनिक गरिएको थियो । हाल आयोगले पहिलो चरणमा सम्पन्न हुने ३२ वटा जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्र अनुसार भिन्दाभिन्दै मतपत्र तयार पारेको हो । पहिलो चरणको ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्र छन् । आयोगले प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनक्षेत्रलाई अलगअलग छुट्ट्याएर सोही अनुसार मतपत्र तयार पारेको छ । जस अनुसार १ सय ११ वटा अलगअलग मतपत्र तयार पारिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राजनीतिक दलका उम्मेदवारहरूका आधारमा अलगअलग मतपत्र तयार पारिएको बताए । मतपत्रमा सम्बन्धित निर्वाचन क्षेत्रमा उम्मेदवार नभएको दलको चुनाव चिह्न राखिएको छैन । यस हिसाबले मतपत्र छोटो र मतदानका लागि सजिलो समेत भएको छ । ‘जुनजुन दलबाट उम्मेदवारी दिनु भएको छ, ती दलहरूको मात्रै चुनाव चिह्न हुने गरी मतपत्र तयार पारिएको छ,’ प्रवक्ता ढकालले भने, ‘यसकारण एउटा निर्वाचन क्षेत्र र अर्को निर्वाचन क्षेत्रको मतपत्र अलग अलग बनेको छ ।’ अब मतदाताहरूले प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलगअलग मतपत्र पाउनेछन् । उनीहरूले दुवै मतपत्रमा आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न सक्नेछन् ।
राजधानीबाट

Skip This
Skip This
Logo