काठमाडौं,२४, कात्तिक
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको बिहीबार एक महिना पुगेको छ । तर केही दिन भित्रै अपराधी पक्राउ गर्ने दाबी गरेको प्रहरीले अझै पनि हत्यारा पत्ता लगाउन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । अहिले मृतकका आफन्त तथा निर्माण व्यवसायीहरू हत्यारा पत्ता लाग्न नसकेको भन्दै आक्रोशित छन् । महिना बितिसक्दा समेत प्रहरी अनुसन्धानबाट कुनै उपलब्धि हासिल हुन नसकेको उनीहरूको आरोप छ ।
२३ असोजमा घरबाट कार्यालय जाने क्रममा बानेश्वर, शान्तिनगरमा गाडीभित्र रहेका गौचन माथि गोली प्रहार भएको थियो । अस्पताल लैजाने क्रममा उनको मृत्यु भयो । अनुसन्धान सुरु भएको एक साता भित्र प्रहरीले घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकल बरामद गरेको थियो । बरामद गरिएको एउटा पल्सर र एउटा साइन ब्रान्डको मोटरसाइकल मध्ये एउटा मोटसाइकल चोरीको थियो । अर्को मोटरसाइकल एक वर्कसपको नाममा दर्ता भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल भेटिए पनि आक्रमणकारीहरू अझै भेटिएका छैनन् । प्रहरीले समीरमानसिंह बस्नेत र मनोज पुनको समूह माथि अनुसन्धान गरे पनि कसैलाई पक्राउ गर्न सकेको छैन । छानबिन समितिका संयोजक डिआइजी गणेश केसीले आक्रमणकारीहरू पक्राउ नपरे सम्म केही बोल्न नसक्ने बताए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया